सम्झौता सहकारीद्धारा बेलडाँडी विपद कोषमा नगद सहयोग

समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी – बेलौरी नगरपालिकामा रहेको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेलडाँडी गाउपालिकाको विपद जोखिम राहात कोषमाआर्थिक सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि सहयोग स्वरुप गाउपालिकाको विपद ब्यवस्थापन कोषको नाममा नगद रु ११ हजार सहयोग गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले  कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

प्रवक्ता खत्री भने उक्त रकम सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र जोशीले गाउपालिका कार्यालयमै गएर अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन ।

रकम बुझेपछि गाउपालिकाका अध्यक्ष थापा क्षेत्रीले सहयोगी संस्थालाई धन्यावाद व्यक्त गर्नु भएको थियो । यसरी गाउपालिकाले संकलित सहयोगलाई एकद्धार प्रणाली मार्फत राहात समाग्री वितरण गरिने अध्यक्ष थापाले बताए ।

विपतको सामना गर्न सहयोगको लागि गाउपालिकाले सबैमा अपिल समेत गरेको छ । यसरी सहयोग गर्नेहरु थपिदै गएकोमा खुशि व्यक्त गदै अबको दिनमा पनि सबैको सहयोगको अपेक्षा समेत गाउपालिकाका अध्यक्ष थापा क्षेत्रीले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *