अमेरिकाका विख्यात नाटककारको कोरोनाबाट मृत्यु

अन्तर्राष्ट्रिय

अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो ।

उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।

उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए । मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए ।

यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनी ८६ वर्षका थिए ।
कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *