कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी नाकामा भारतबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या घटेकाे छ । भारतमा आइतबार लगाइएकाे जनता कर्फ्युका कारण आइतबार गड्डाचौकी नाकाबाट भित्रिने नेपालीहरुको सङ्ख्यामा कमी आएको हो ।
आइतबार बिहान २ बजेदेखि नाकामा नेपाल भित्रिनेको चहलपहल देखिए पनि ८ बजेपछि भने बिस्तारै चाप घट्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका नेपाल भित्रिने नेपालीहरुको सङ्ख्या ह्वात्तै बढेको थियो ।

