अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते

अन्तर्राष्ट्रिय

अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो।

‘हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन्’, गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भने।

स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उनले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतङ्कारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *