सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायको विभागिय प्रमुखमा भट्ट

समाचार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको व्यवस्थापन संकायको विभागीय प्रमुखमा उप–प्राध्यापक शंकरदत्त भट्ट नियुक्त भएका छन्।

उप–प्राध्यापक प्रेम सिंह खातीको दुई वर्षैकाल सकिए लगतै भट्टले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन्। मंगलबार विश्वविद्यालयले भट्टलाई व्यवस्थापन सँकाय प्रमुखको जिम्मेवारी दिएको प्रिन्सीपल भुपेन्द्र बिष्टले जानकारी दिए। संकाय प्रमुखको दूई वर्षे कार्यकाल सँगै भट्टलाई संकाय प्रमुखका लागि दिईएको सिफारिसका आधारमा नियुक्ती दिईएको प्रिन्सीपल विष्टले बताए।

सबैको सहकार्यमा अगाडी बढ्ने व्यवस्थापन सँकायका प्रमुख भट्टले बताए। आगामी दिनमा अध्यापनलाई व्यवस्थीत बनाउनुका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिईने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *