सिमा स्तम्भको स्थाई रुपमा समाधान गरिनु पर्ने: नगरप्रमुख चौधरी

समाचार

कञ्चनपुर ,
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले कञ्चनपुरको दक्षिणी क्षेत्रका सिमा स्तम्भ बेलाबेलामा विवादमा आउने गरेको र भारतीय पक्षले उक्त नेपालको सिमा क्षेत्र कब्जा जमाउन खोजी रहेकाले तत्काल यसको स्थाई रुपमा समाधान गरिनु पर्ने बताएका छन् । आइतबार बेलौरी नगरपालिकाको सभाहलमा आयोजित सिमाङ्कन सम्बन्धी बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् । उनले स्थानीय सरकार प्रमुखका हैसियतले आफुले यस बिषयमा बिगतदेखि हालसम्म राज्यसंग पहल गरेको र अझै पहलका लागी कुनै कसुर बाँकी नराख्ने समेत बताउनु भयो।

बिगत केहि दिन देखि नेपाल सरकारका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा ६ सदस्यीय सिमा सर्भेटोली बेलौरी बेलडाँडी र पुनर्वास क्षेत्रमा सर्बेक्षणका लागि खटिएको छ । तर उक्त टोलीले नेपाल भारत दशगजा क्षेत्रको उचित सिमाङ्कन र रेखाङ्कन गरि जनताको चित्त बुझाउने तथ्य र आधार प्रष्ट पार्न नसक्दा स्थानीय सशंकित भएका छन् ।
भने अर्को तर्फ बेलौरी नगरपालिका ८ मा पर्ने खप्टि पुलदेखि हुलाकी सडकहुदै ३८ नम्बर पिल्लरसम्मको भु -भाग भारतले आफ्नो दाबी गर्दै आईरहेको छ । तत्कालिन ३८ नम्बर पिल्लरको आधार स्तम्भलाई नेपाल सरकारका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा खटिएको सिमा सर्भेटोलीले सिमा स्तम्भ नै ठोकुवा गरेपछि झनै विवाद चुर्लिएको हो ।
स्थानीय हरिचन्द्र ठकुरी भन्छन ” यो कुनै पनि मानेमा स्वीकार्य छैन ।” हामीलाई थाहा छ, बिगतमा सिमा स्तम्भ खोला पारी थियो । पिल्लर खोलाले पुरिएपछि यो आधार स्तम्भका नाममा सरिएको हो । अहिले पनि नेपाली चलनभोगको जमिन पिल्लर पारीसम्म पर्दछ । ”

यस्तै, बेलौरी नगरपालिका १० भुडामा नेपाल सरकारले प्रदान गरेको जमिनको ” लालपुर्जा छ तर जमिन छैन् ।” किसानको लालपुर्जा भएको जमिन भारतीय पक्षले आफ्नो दाबी गर्दै कब्जा जमाएको छ । भने स्थानीय किसानको बिचल्ली छ । सरकारको जानकार ठहरिएको सिमा सर्भेटोलले उक्त कुरामा गैर जिम्मेवारी अभिव्यक्ति दिदैं लाचारीपन देखाएको प्रति स्थानीय आक्रोसित भएका छन् । टोलीले उक्त क्षेत्रमा उल्टै नेपालको भुमी मिचिने गरि सिमा स्तम्भको तयारी गर्न खोजेकाले स्थानीय सशंकित र आक्रोसित भएका हुन् । यस पुनर्वास क्षेत्रमा सिमाकै निम्ती वीर सहिद गोबिन्द गौतमले सहादत समेत प्राप्त गरेका थिए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी नोरहरी खतिवडाले “समस्याको समाधान गर्नु पूर्व समस्या पहिचान गरि विकल्प निर्धारण गरिनुपर्ने बताए ।” यस्तै पूर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले “कर्मचारीबाट सिमा स्तम्भ निर्धारण गर्ने नभई राज्यको निर्देशन पालना गर्ने दायित्व मात्रै भएकाले यस बिषयमा राज्य सञ्चालकहरुको ध्यानाकर्षण हुनुपर्नेमा महत्त्वपूर्ण धारणा राखे ।”

त्यस्तै प्रदेश सांसद कुलवीर र चौधरीले आफुले यस विषयमा प्रदेश सरकारबाट विषेश पहल गर्ने कुरामा विश्वास दिलाए । नेकपाका नेता एवम् संघीय क्षेत्र नम्बर १ का संयोजक पल्लब राज भट्टले ” जनता मारिनु र पिल्लर सारिनुको तथ्य र आधारको खोजी गरे.? ” छलफलमा स्थानीय र नापी टोली प्रमुखबिच ३ घण्टा चर्का चर्की मच्चिएको थियो । यो विवाद पुनर्वासको प्यारातालदेखि बेलडाँडीको झिलमिलासम्म कायम नै छ । तर यतिबेला जनता सरकारसंग आधार र प्रमाण सहितको जवाफ खोजि रहेका छन् ।

आयोजित सिमाङ्कन सम्बन्धी बृहत छलफलमा पूर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्ट, प्रदेश सांसद कुलवीर चौधरी, प्रमुख जिल्ला अधिकारी नोरहरी खतिवडा, प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्ट, नापी टोली प्रमुख सुदर्शन धामी ,कञ्चनपुर सिमा सुरक्षाबल प्रमुख वीर सिंह शाहु, बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री, स्थानीय जनप्रतिनिधी, नेकपाका नेता पल्लब राज भट्ट, यज्ञ प्रसाद कडेँल, धनेश दत्त पन्त, गोपी उपाध्याय, हरिचन्द ठकुरी, हिरा सिंह बिष्ट लगायत सरोकारवाला स्थानीय बुद्धिजीवी, सुरक्षाकर्मी सञ्चारकर्मी एवम् कर्मचारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *