कञ्चनपुर– कञ्चनपुर क्षेत्र नम्बर ३मा बाम लोकतान्त्रिक गठबन्धनले बेदकोट नगरपालिका ८ सहित भीमदत्त र दोधाराचाँदनीका वडा बस्ती, टोलहरुमा निरन्तर चुनावी अभियान गरिरहेका छन ।
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता एव काँग्रेस नेता गोपाल सिह गुरुङ्गले सत्ता गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा सदस्य तर्फ रमेश लेखक, क्षेत्र ३(क) टेकेन्द्र प्रशाद भट्ट, ३(ख) बेल बहादुर राना सहित समानुपातिक उम्मेदवार माया नेगी, मधु भारती सहित गठबन्धनका नेता कार्यकताहरु चुनावी अभियानमा होमिएका छन ।
‘हामी चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘अघिल्लो पटक बाम गठबन्धन, यस पटक लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा जनता देखिएका छन ।’
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव बाम लोकतान्त्रिक गठबन्धनका नेता लोकराज जोशीले चुनावी अभियानसंगै एमाले, समाजवादी, राप्रपा सहितका अन्य दलबाट नेता कार्यकर्ता प्रवेसक्रम जारी रहेको बताए ।
‘हामी बाम गठबन्धन चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘हामीलाई अपार साथ सर्मथन पाईएको छ ।’ कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार पुर्वमन्त्री रमेश लेखक, क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, ३(ख) काँग्रेस युवा नेता ए उम्मेदवार बेल बहादुर रानाले जनतासंग प्रत्यक्ष सम्वाद, छलफल गर्दै स्थानीय जनजिविका, समस्या समाधान गर्दै राष्ट्रियता र जनताकै पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन ।
साेमबार दाेधारा चाँदनीका विभिन्न टाेलमा कार्यक्रम गरिएका छन् । भेला कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखकले दाेधारा चाँलनीलाई देशकै एक व्यापारीक नाका विस्तार गरि पर्यटकिय क्षेत्रका हिसावले समेत चिनाउने बताउने भएकाे छ ।
उनले भने” सुख्खा बन्दगाहाकाे कामलाई अगाडि बढाएर दुई बर्ष भित्र पुलकाे कामलाई पुर्णता दिने र त्रिदेशिय नाका रूपमा ५ बर्ष भित्र बनाउने प्रतिबद्वता व्यक्त गरे ।”
बाम लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारमा जनता र नेता कार्यकर्ता उत्साहित भईरहेको नेताहरुले बताएका छन । विपक्षबाट व्यक्तिगत, पार्टीगत गल्लो स्तरमा गिरेर आरोप प्रत्यारोप लगाएपनि बाम लोकतान्त्रिक गठबन्धन निरन्तर जनताको साथ सर्मथन पाईरहेको दावि गरिएको छ ।

