कञ्चनपुरका कृयाशिल पत्रकार सुरेश धामि पुरस्कृत

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- जिल्लाका कृयाशिल पत्रकार सुरेश धामीलाई  प्रेस काउन्सिल नेपालले पत्रकार धामीलाई पुरस्कृत गरेको छ ।

बिहीबार प्रेस काउन्सिल नेपालको ५३औँ बार्षिकोत्सव समारोहको अवसर पारेर धामीलाई पुरस्कृत गरेको हाे ।
लामो समयदेखि जनताको पक्षका सकृय रुपमा काम गर्दै आएको भन्दै काउन्सिलले पत्रकार धामीलाई पुरस्कृत गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार धामीलाई नगदका साथै दोसल्ला ओढाएर सम्मान गरेका छिन । दुई दशक बढि समयदेखि पत्रकारितामा सकृय रहेका धामी ०५८ सालमा च्यानल नेपाल टिभीदेखि पत्रकारिता यात्रा गरेका थिए ।

ईमेज, न्यूज २४मा काम गरेका धामी ०६९ सालदेखि अपिटुडे दैनिकका प्रकासक भएर काम गर्दैै आएका छन । एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार धामीले यस अघि बेदकोट नगरपालिका सहितका सरकारी निकायमाबाट समेत पुरस्कृतका साथै सम्मान पाएका थिए ।

दार्चुला र कञ्चनपुर घर भएका पत्रकार धामीले समाजिक क्षेत्रमा काम गर्दै गरेपछि सरकारी निकायबाट प्रदान गरिएको पुरस्कारले थप हौसला प्रदान गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *