रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

खेलकुद

पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।

परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । उनी आफ्नै साततले घरको टपमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *