रमेश प्रसाद भट्ट /कञ्चनपुर- नेपाली काँग्रेसका केन्दीय सदस्य एवं पुर्व मन्त्री राम जनम चौधरीले पार्टीको केन्द्रीय निर्णय अनुरुप निर्वाचन गतिविधिमा जुटन सबै नेता तथा कार्यकर्तालाई अनुरोध गर्नु भएको छ ।
बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-३ प्रदेश `क´ ले महेनद्रनगरमा आयोजना गरेको जनताको साथमा काँग्रेस अभियानको कार्यक्रममा बोल्नु हुदै आगामी मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीको केन्दीय निर्णय अनुसारनै जानुपर्ने भएकाले सबै नेता तथा कार्यकर्ताले एक भई लाग्नु पर्ने बताउनु भएको हो ।
कार्यक्रममका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री चौधरीले अब निर्वाचन नजिकै आईसकेकाले आ-आफ्नो क्षेत्रमा जनताको साथमा लागि काँग्रेसका राम्रा कामको बारेमा समेत जानकारी गराउनु पर्ने बताउनु भयो ।
उहाँले भने “पार्टी भित्रको गुट उपगुटलाई छोडेर सबै हामि नेपाली काँग्रेस हौ, भन्ने भावनाका साथ लाग्नु पर्ने धारण समेत व्यक्त गर्नु भयो ।”
‘अहिले हामिले चुनावमा राम्रो नतिजा ल्याउने गरी लागौ, पार्टीलाई कसरी हुन्छ बलियो बनाउन सक्यौ भने मात्र सबैको जित हुने’ उनको भनाई रहेको थियो ।´
‘कुनै ठाउँमा गठबन्धननै गदैनौ भनेता पनी अहिलेलाई त्यो गौण विषय हो’, उनले भने,तर अहिले देशमा राजनैतिक स्थिरता ल्याउन पनि गठबन्धको खाँचो रहेकाले पार्टीले यस्तो निर्णय गरेको बताउनु भयो ।
कुनै ठाउँमा गठबन्धन आवश्यकता छैन भनेर भनिरहेको पाए, उनले भने´ तर देशको सवालमा पार्टीको निर्णय मान्यौ पर्ने उनको भनाई रहेको थियो ।
आफ्नो क्षेत्रबाट टिकटका लागि नाम सिफारिस हुँदा पार्टीको निर्णयलाई मान्नेछु भनेर भनेका हुन्छौ, त्यसैले पनि टिकट पाए नपाए वा गठबन्धनका सावलमा किन नहोस पार्टीको माथिल्लो तहको निर्णयलाई स्वीकार गर्नु पर्ने धारण राख्नु भएको थियो ।
नेपाली काँग्रेसको केन्दीय समितिले प्रतिनिधिको रुपमा कञ्चनपुरमा खटिनु भएका केन्दिय सदस्य एवं पुर्व मन्त्री चौधरीले जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ देखि ३ सम्मका सबै क्षेत्रमा कार्यक्रममा सकृय भएर जनता संग काँग्रेस अभियानमा जुटि राख्नु भएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क का सभापति पदमराज अवस्थिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिमा जिल्ला सभापति पदम बोगटी, यज्ञराज जोशी लगातका नेता रहेका थिए । भने अतिथिहरुमा पार्टीका विभिन्न तह तप्काका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।



