रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँपालिका-३ खैरिघाटमा पहिलाे स्क्रब टाईफसका एक जना विरामि फेला परेकि छिन् ।
बेलडाँडी-३ खैरिघाटकाे आधारभुत स्वास्थ्य केन्द्रमा उपचार गराउन पुगेकि ३० बर्षिया एक महिलामा चेक गर्दा स्क्रब टाईफस भएकाे फेला परेकाे हाे ।
साे स्वास्थ्य संस्थामा ल्याव सेवा नभएता पनि स्क्रब टाईफस चेक गर्ने किटमा चेक गर्दा विरामि फेला परेकाे स्वास्थ्य आधारभुत स्वास्थ्य केन्द्रका प्रमुुख सि.अ.हे.ब. महेश सिह खत्रीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उनले भने ” विरामि महिला केही दिन देखि विरामि भएकि थिईन, उनले निजि स्वास्थ संस्थामा उपचार गराई राखेकि थिईन र भदाै १३ गते बेलडाँडी प्रााथमिक स्वास्थ्य केन्द्रमा उपचार गराई राखेकि थिईन ।”
उहाँका अनुसार ती महिलालाई एक्कासि ज्वराे बढेर आएपछि उनी १६ गते आज दिउसाे आधारभुत स्वास्थ्य केन्द्र खैरिघाटमा उपचारका लागि पुगे पछि लक्षण अनुसार शंका लागि स्क्रब फाईफस किटबाट रगत जाँच गर्दा स्क्रब टाईफस भएकाे पुष्टि भएकाे सिअहेव खत्रीले बताउनु भयाे ।
अहिले ती महिलाकाे आधारभुत स्वास्थ्य केन्द्र खैरिघाटमा उपचार भईरहेकाे सिअहेव खत्रीले बताए ।
यसरी स्क्रब टाईफसकाे विरामि बेलडाँडी पहिलाे पटक फेला परेकाे हाे । स्क्रब टाईफस orpentia Tsutsugamushi नामक ब्याक्टेरियाले गर्दा हुने गर्दछ ।
याे राेग लागे पछि ज्वाराे आउने, शरीर धेरै दुख्ने, टाउकाे दुख्ने, उल्टि हुने, छालामा विविरा देखा पर्ने जस्ता लक्षण देखा पर्ने गर्दछन् ।

