रमेश प्रसाद भट्ट/ कञ्चनपुर– नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ `ख´ प्रदेश सभा सदस्यका लागि उम्मेदवारकाे नाम सिफािरस गरेकाे छ ।
मंगलबार काँग्रेस क्षेत्र नम्बर- १ क्षेत्रीय कार्य समितिले बेलाैरीकाे भकुण्डामा बाेलाएकाे भेलाबाट प्रदेश सभा सदस्य पदका लागि पार्टीबाट उम्मेदवारकाे सिफारिस गर्ने निर्णय गरेकाे क्षेत्रीय कार्य समिति सचिव दिनेश कुवँरले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उनले भने “प्रदेश सभा सदस्यका लागि `ख´ तर्फका प्रत्यक्ष र समानुपातिक तर्फका सबै उम्मेदवारकाे नाम सिफारिस गरेका छाै ।”
तर प्रदेश `क´ तर्फ भने १७ (भाेलि) विहान मात्रै सिफािरसका लागि फाईनल हुने सचिव कुवँरले बताउनु भयाे ।
यस्तै प्रदेश `ख´ तर्फ प्रत्यक्षमा जनक सिंह धामि, चेतन राई, गाेपि प्रसाद उपाध्याय, विसराम राना र रामकिसन रानालाई क्षेत्रीय कार्य समितिले सिफारिस गरेकाे छ ।
यस्तै `ख´समानुपातिक तर्फ कृष्ण बहादुर नेपाली,चंद्र ब.सिंह,लाल ब.रावत, दान बहादुर पाण्डेय,प्रकाश राज पन्त,राधिका देवी जोशी,शेर सिंह टेर र सगुना रानालाई सिफारिस गरिएकाे क्षेत्रीय सचिव कुवँरले उनले बताए ।

