महाकाली सिचाँई द्धितिय चरण क्षेत्रिय समितिकोे १० औं बार्षिक साधारण सभा सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रिय समितिकोे १०औं बार्षिक साधारण सम्पन्न भएको छ ।

आइतबार बेलडाँडी-२ क्याम्पमा रहेकाे द्वितीय चरणकाे कार्यालयमा १० औ बार्षिक साधारण कार्यक्रम सम्पन्न भएकाे हाे ।

महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रिय समितिका अध्यक्ष वीर बहादुर बडुवालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना रहनु भएकाे थियाे ।

विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष शान्ति नाथ, सिचाँई महासंघका गुणदेव पन्त, केन्द्रीय समिति अध्यक्ष रमेश चन्द्र जाेशि र सिचाँई डिभिजन प्रमुख तारा प्रसाद भट्ट रहनु भएकाे थियाे ।

बार्षिक गतिविधि र कार्य प्रगतिकाेबारे जानकारी गराउदै आगामि नयाँ योजनाका साथै नयाँ कार्य समिति चयनका विषयमा समेत छलफल गर्दै साधारण सभा सम्पन्न भएकाे द्वितीय चरण समितिका अध्यक्ष विर बहादुर बडुवालले जानकारी दिनु भयो ।

कोषाध्यक्ष चेतन कुमार राइले संस्थाको प्रगति प्रतिवेदन वाचन गरेर सबैलाई सुनाएका थिए । यसरी  संस्थामा आर्थिक बर्ष ०७८/०७९ सालमा १ करोड ४२ लाख ६५ हजार प्राप्त भएको जानकरी गदै त्यसै अनुरूप खर्च समेत भएको प्रतिवेदन पेश गर्नु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रानाले महाकाली सिचाँईले किसानलाई सहज रूपमा समयमै पानी पुर्याउन सफल भएकाे भन्दै अझ सिचाईकाे दायरा विस्तार गरि जानू पर्ने धारणा व्यक्त गरे ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि डिभिजन प्रमुख भट्टले कार्यालय संग बजेटकाे समस्या भएकाे बताउदै धेरै कार्य अझै चाहेर पनि गर्ने नसकिएकाे बताउनु भयाे ।

उनले भने “स-साना सिचाँईका अतिअावश्यक समस्या सबै तिर सामाधान भएकाे बताउदै बृहत् रूपमा सामाधान गर्न ठुलाे परियाेजनाकाे खाचाे रहेकाे बताए ।”

सिचाईकाे बृहत् परियाेजना ल्याउन यसका लागि आफुले पनि निकै प्रयास गरेकाे भन्दै प्रकृयामै ४ बर्ष वित्याे तर अझै सफल नभएकाे उनले बताउनु भयाे ।

बेलडाँडी-१ का अध्यक्ष गज बहादुर विष्टले दैजी बेलडाँडी सडक खण्डकाे नहरकाे छेउ, छाउमा पलाएकाे घासले नागरिककाे आवागमनमा समस्या थपिएकाे भन्दै साे घाँस फडानी गरिनु पर्ने बताए बृहत सिचाँई परियोजना लागु हुन सके यहाँका किसानलाई राम्रो हुने बताए ।

कार्यक्रममा बाेल्ने अधिकाशं बक्ताले सिचाँई प्रणालीकाे कार्यलाई अझै विस्तार गरिनु पर्ने धारणा राख्दै अब चयन हुने नयाँ कार्य समितिमा बढेलेखेका युवा, सबै क्षेत्र वर्ग, समावेश हुने गरि समिति गठन हुनु पर्नेमा जाेड दिएका थिए ,

कार्यक्रममाको सञ्चालन द्वितीय चरण क्षेत्रीय समितिका महासचिव हर्कदेव जोशीले गरेका थिए भने, स्वागत मनतव्य परमल सिंह ठगुन्नाले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *