अलस्टार युवा क्लवकाे आयोजनामा गाैराकाे अवसरमा खुल्ला फुटवल प्रतियाेगिता हुने

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँपालिका-१ मा रहेकाे अल स्टार युवा क्लवकाे आयोजनामा गाैरा पर्वकाे अवसर पारी खुल्ला फुटवल प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ ।

क्लवले यहि भदाै १५ गते देखि २२ गते सम्म बेलडाँडी-१ कालिका मन्दिरकाे प्रागंणमा खुल्ला फुटबल प्रतियाेगिता आयोजना गर्न लागेकाे क्लवका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिनु भयाे ।

उहाँका अनुसार “विगतका २ बर्ष काेराेनाका कारणले खेल प्रतियाेगिता आयोजना हुन सकेन फेरी यस बर्ष देखि लगातार रूपमा फुटवल प्रतियाेगिता गर्न लागेकाे बताउनु भयाे ।”

उनले भने `विगतमा काेराेनाले गर्दा खेल सञ्चालन हुन नसकेकाेमा सबै खेल प्रमिहरूलाई क्लवकाे तर्फबाट क्षामा याचना माग्नु हुँदै यस बर्ष देखि लगातार खेलकुदका कार्यक्रम सञ्चालन गरिने क्लवका अध्यक्ष शाहले बताउनु भयाे।´

प्रतियाेगितामा प्रथम हुने टिमलाई नगद रू ७१ हजार ट्रफि,द्वतिय हुनेलाई नगद रू ४१ हजार ट्रफि र स्वान्तना हुने टिमलाई- ट्रफि पुरस्कारकाे व्यवस्था गरिएकाे क्लवका अध्यक्ष शाहले बताउनु भयाे ।

प्रतियाेगितामा सहभागि शुल्क ५१ रूपयाँ सय राखिएकाे क्लवले जनाएकाे छ । खुल्ला फुटवल प्रतियाेगितामा सहभागी हुन सबै खेल प्रेमिलाई क्लवले अनुराेध समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *