समाजवादी लालझाडीका सह-इन्चार्ज राना पुनः एमालेमै फर्किए

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा एकीकृत समाजवादी लालझाडीका गा.पा. सह -इन्चार्ज एबं प्रभावशाली युवा नेता अमर सिंह राना एमाले मै फर्किएका छन ।

उनले एक विज्ञप्ती निकाल्दै एकिकृत समाजवादी पार्टीको कुनै कार्य पनि आफुलाइ चित्तबुझ्दो नभएकोले स्थानीय तहको चुनावमा समेत आफ्नो मुल पार्टी एमालेलाई खुलेरै समर्थन गरेको उल्लेख गर्दै स्थानीय चुनावमा समेत एमालेलाई जिताउन खुलेरै प्रतिनिधी समेत भएको जानकारी गराउदै एमालेमै प्रवेश भएका छन् ।

बिगत २०६३ देखि विद्यार्थी अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन हुँदै राजनीति थालेका राना २०७४ को चुनावमा एमालेबाटै वडा अध्यक्षको उम्मेदवार समेत रहनु भएको थियो ।कंचनपुर जिल्ला युवा संघ सह सचीव रहेकै बेला पार्टी फुट हुँदा एकीकृत समाजबादी खेमामा समर्थन गरेका थिए ।

लालझाडीमा निर्मल राना नेतृत्वको सरकार बनाउन उहाँको मुख्य हात रहेको थियो । नेकपा माओवादी केन्द्रले लालझाडीमा जडागाडन थालेपछि उनले समाजवादीमा रहदा समेत एमालेलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले अम्मर राना लगायतको टिमले आफुहरु ठुलो सहयोग गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *