बेलडाँडी गाउपालिकाले हालसम्म गरेका सबै निर्णय सार्वजनिक गर्याे,, स्वास्थ्य, शिक्षा देखि थुप्रै जनप्रिय निर्णय

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाँउपालिका नव-निर्वाचित जनप्रतिनिधीले गाँउको सम्बृद्धिका लागि थुप्रै योजना अघि सारेका छन ।

नव निर्वाचित जनप्रतिनिधीको तीन पटक बसेको कार्यपालिका बैठकबाट पारित भएका निर्णय सार्वजनिक गरेको छ ।
बुधबार एक कार्यक्रमका विच गाँउ कार्यपालिका बैठकबाट पारित भएका निर्णय सार्वजनिक गरेको हो ।

बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले प्रमुख हरिशचन्द्र राना, उप प्रमुख शान्ति नाथलाई उपस्थित गराएर कार्य पालिका बैठकबाट पारित भएका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन ।

प्रवक्ता विष्टले बेलडाँडीमा गरिबसंग विपी कार्यक्रम सहित १५ सैयाको छुट्टै अस्पताल निर्माण गरिने निर्णय भएको बताए । ‘गरिबसग विपी कार्यक्रम मार्फत हामीले यहाँका विपन्न गरिब एव अशक्त नागरिकको जिवनस्तर बृद्धिका कार्यक्रम संचालन गछौँ ।’

जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चिता गर्नका लागि १५ सैयाको छुट्टै अस्पताल निर्माणका लागि टेण्डर प्रकृया अघि बढेको प्रवक्ता विष्टले बताए । गाँउमा खेलकुद विकासका लागि कर्बडहल निर्माण, रंगशाला बनाउने, रेडक्तस स्थापना, विद्युत महसुल काउण्टर स्थापना, सुुशासन कायम गर्दै विकास गर्ने योजना अघि सारेको बताए ।

गाँउमै विज्ञान बहुमुखी शिक्षालय स्थानपना गर्ने, विपन्नलाई ३० प्रतिशत विद्युत महसुल निःशुल्क, गर्भवती महिलालाई पालिका भित्र निःशुल्क एम्बुलेन्स सेवा र बाहिर ५० प्रतिशत छुट गर्ने निर्णय गरिएका छन ।

गाँउमा रहेका भूमिसम्बन्धी विद्यमान समस्या जस्तै आरक्षपीडित, भूमिहिन, दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई पुर्व लालपुर्जामुखी बनाईने छ । छोरी जन्मिए ३ हजार भत्ता दिनेदेखि पालिका भित्र रहेका मठमन्दिरका पुरोहित, पाष्टर, भलमन्सलाई बार्षिक ५ हजार रकम दिने निर्णय गरिएको छ ।

सिमसारमा परिणत भएको कृषि उत्पादनभूमि पुर्नरुत्पादनका लागि ढल निर्माण गरिने छ । शिक्षामा थप दरबन्दी माग्दै सामुदायिक विद्यालयको स्तर बृद्धि गरिनेछ । यस्तै गाँउपालिकाले कार्य विभाजन समेत गरेको छ ।

प्रवक्ता समेत रहेका १ का वडाध्यक्ष गज बहादुर विष्टलाई समाजिक विकास समिति संयोजक, ५ का वडाध्यक्ष ईन्द्र खडकालाई आर्थिक विकास समिति संयोजक, ४का वडाध्यक्ष बिर बहादुर खडकालाई वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, २का वडाध्यक्ष नारद सिह उ¥याललाई विधेयक, ३का वडाध्यक्ष दुर्गा प्रशाद चौधरीलाई पूर्वाधार विकास र कार्यपालिका सदस्य तारा गिरीलाई सार्वजनिक सुशासन समिति संयोजकको जिम्मेबारी दिईएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले गाँउका विपन्न कुनैपनि विद्यार्थीलाई उच्च शिक्षा जस्तै डाक्टर, ईन्जिनियर अध्ययनका लागि छात्रबृद्धि प्रदान गरिने बताए ।

उप प्रमुख शान्ति नाथले महिलालाई आत्मनिर्भर बनाएर हिन्साबाट मुक्त गराउने बताईन । गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८०का लागि नीति, कार्यक्रम तथा बजेट मार्फत बेलडाँडीको दिगो विकास र सम्बृद्धिका कार्यक्रम संचालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *