बेलडाँडीका प्रमुख राना सहित कञ्चनपुरका ५ पालिका प्रमुखले लिए सपथ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर–  कञ्चनपुरकाे  बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र राना सहित ५ वटा पालिकाका प्रमुखले सपथ लिएका छन् ।

एक कार्यक्रमका माझ आज मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामिले पाँच पालिकाका प्रमुखलाई सपथ ग्रहण गराएका हुन ।

सपथ खानेमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, बेलौरी नगरपालिकाका पोतीलाल चौधरी र दोधारा चाँदनी किशोर लिम्बू र  लालझाडी गाउँपालिकाका निर्मल राना मुख्य निर्वाचन अधिकृत धामी ज्युले सपथ खुवाएका हुन ।

अन्य पालिकामा मत गणना जारी भएकाले त्यहाकाे मत परिणाम सम्पन्न भए पश्चात् मात्र सपथ ग्रहण गराईने छ ।

आज देखि गतका जनप्रतिनिधिहरूकाे कार्यकाल सकिएकाे छ । साेहि अवसरमा मत गणना सम्पन्न भएका पालिकाका निर्वाचित  प्रमुखकाे सपथ ग्रहणकाे कार्यक्रम राखिएकाे हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *