कञ्चनपुरमा मतदाताकाे उत्साहा जनक सहभागितामा पाँच बर्षपछि जनताले आफ्ना स्थानीय जनप्रतिनिधी छान्नका लागि आज(शुक्रबार) मतदान गरिरहेका छन ।
बिहान ७ बजेदेखि कञ्चनपुरमा पनि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोकेको समय अनुरुप जिल्लाका ९ वटै पालिकामा मतदान शुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले जिल्लाका ९ वटै पालिका र ९२ वटै वडाहरुमा मतदान शुरु भएको बताए ।
‘निर्वाचन आयोगले निर्धारण गरेकै समयम बिहान ७ बजेदेखि मतदान शुरु भएको छ, ‘उनले भने, ‘एक साथ जिल्लाभरी मतदान शुरु भएको छ ।’
१ सय ३२ निर्वाचन स्थल रहेको कञ्चनपुरमा ३ सय ४१ मतदान केन्द्रमै मतदान भईरहेको छ । कञ्चनपुरमा ४ सय ७८ पदका लागि २ हजार १ सय ४१उम्मेदवार चुनावजी मैदानमा उत्रिएका छन । विभिन्न राजनीतिक दल एव स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन ।
१ लाख ५२ हजार १ सय १२ महिला र १ लाख ४३ हजार २ सय ४१ पुरुष गरी कुल २ लाख, ९५ हजार ३ सय ५४ मतदाता रहेको बुझिन्छ ।
महिला पुरुष, तथा अपाङ्ग, जेष्ठ नागगरिकका लागि छुट्टाछुट्टै मतदानका लागि व्यवस्थापन गरिएको छ । उल्लासका साथ बिहानैदेखि मतदाता लाईनमा लामबद्ध भएका छन ।

