नेपाली काँग्रेसबाट बेलडाँडी अध्यक्षमा राना र उपाध्यक्षमा नाथको उम्मेदवारी दार्ता

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाली काँग्रेसबाट बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि कञ्चनपुर काँग्रेस जिल्ला उप–सभापति हरिशचन्द्र राना र उपाध्यक्षमा महिला नेतृ शान्ती नाथको उम्मेदवारी दार्ता गराएका छन् ।

नेपाली काँग्रेसको १४ औ महाधिबेशनमा जिल्ला उप–सभापतिमा निर्वाचित बनेका रानाले गाउँपालिका अध्यक्ष पदका लागि पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका भने क्षेत्रीय प्रतिनिधि समेत रहेकी महिला नेतृ शान्ति नाथले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

नेपाली काँग्रेस पार्टीमा आवद्ध भई शिक्ष पेशा समेत अगालेका नेता रानाले गत चैत्र १२ गते राहात शिक्षक पदबाट राजिनामा दिएर राजनितिमा होमिएका हुन । यस्तै महिला नेतृ नाथ समाज सेवामा लामो समय आफ्नो समय खर्चदै आउनु भएकी उनको समाजका हरेक सवालमा सहृनिय कार्य गदै आएकी थिईन ।

नेता रानाले बेलडाँडीको समग्र विकासमा कसैलाई काँखा पाखाँ नगरी यस ठाउँ जनताका हितमा काम गर्ने बताएका छन् । उनले भने “पालिका भित्रका रहेका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन प्रवद्र्धन र विकास निर्माणका सवालमा काम गर्ने बताए ।”

यस्तै उपाध्यक्ष पदकी उम्मेदवार नाथले यहाँका महिलाका समस्याका सवालमा आफ्नो मुख्य कार्य रहेको बताउदै जात, भात वर्ग, लिगं, क्षेत्र नभनी जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गरे । बेलडाँडीलाई समुन्नत बनाउन नेपाली काँग्रेसलाई विजयी गराउन समेत राना र नाथले सबै गाउँवासिमा अनुरोध गरेका छन् ।

वडा अध्यक्षहरु यस प्रकार छन्

१ गज बहादुर विष्ट
२- नारद उर्याल
३- दुर्गा प्रसाद चाैधरी
४- धन बहादुर राेकाया
५- ईन्द्र बहादुर खडका

Leave a Reply

Your email address will not be published. Required fields are marked *