देशभर भाेलि (आईतबार) राम नवमीकाे सार्वजनिक विदा

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौँ — सरकारले राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।

वि स २०७८ साल चैत २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट मिति २०७८ साल चैत २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ । करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *