कञ्चनपुर– भीमदत्त नगर विकास समितिको निर्देशनको विरुद्ध व्यवसायिहरुले संघर्ष समिति गठन गरेका छन ।
भीमदत्त नगर विकास समितिले फागुन दुई गते अत्याधुनिक सडक निर्माणको लागि भन्दै मदन चोकस्थीत पुर्वतर्फ खानेपानी संस्थान नजिकका सडक छेउछाउका पसलहरु एक महिना भित्र खाली गर्न दिएको निर्देशनका विरुद्ध व्यवसायीहरुले मान बहादुर कार्किको नेतृत्वमा संघर्ष समिति गठन गरेकाे संघर्ष समितिका सचिव केशव राज जाेशिले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उहाँका अनुसार अाफुहरुको उचित व्यवस्थापन नहुदा सम्म खालि गर्न नसकिने भन्दै संघर्ष समिति बनाएर नगरविकासको निर्देशनको विरुद्धमा संघर्ष गर्ने बताए।
उनले भने “आज बसेको पहिलो बैठकले व्यवसायीको व्यवस्थापन नहुदासम्म सटर खालि गर्न नसकिने भन्दै नगरविकाकाे एक महिने अल्टिमेटम बिरूद्व संघर्षका कार्यक्रम गरिने बताउनु भयाे ।”
गठित संघर्ष समितिको सह–संयोजकमा सह संयोजक नारायण दत्त पन्त, सचिवमा केशवराज जोशी, सह सचिवमा रमेश दत्त भट्ट र कोषाध्यक्षमा तर्कराज जोशी चयन भएका छन् ।

