ज्वाईलाई कर्मचारी बनाउने वडा अध्यक्षको अर्को फण्डा,, रकम कुम्ल्याउने दाउमा सडककाे बेहाल

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – जिल्लाकाे बेलडाँडी गाउँपालिकामा आफ्नो ज्वाईलाई कर्मचारी बनाउनका लागि मरिहत्ते गर्ने वडा नम्बर -२ का अध्यक्ष प्रेमराज खतीले रकम कुम्याउने दाउमा राम्रो सडककाे अवस्था बेहाल गरिदीएका छन् ।।

स्थानिय चवन्नि बजार देखि बेलडाँडी गाउँपालिका अाउने सडकमा रकम कुम्ल्याउने दाउमा ठुल -ठुला ढुंगा भएकाे ग्राईभिल हालेर सडककाे अवस्था बरबाद बनाईदीएका हुन ।
वडा अध्यक्ष खातिले साेझै मनलाग्दाे रूपमा ग्राईभिल हालेका हुन । साे सडकमा अावत जावत गर्ने मानिसहरू दुर्घटनामा समेत परेका छन् ।

यति बेला विकास निर्माणका कार्य ठेका, उपभोक्ता र कोटेशन मार्फत धमाधम भइरहेको छन् तर वडा अध्यक्ष प्रेमराज खातीले दादागिरी शैलिले उपभोक्ता वा निर्माण कम्पनीले गर्नुपर्ने कार्य पैसा कमाउनको लागि आफै गरिरहेका छन् ।

यति बेला उनले आफ्नो वडाको सम्पुर्ण बिकास निर्माणको कार्य पैसा खानको लागि लागत स्टमेट नउठाएरै बिना सूचना वडाका अन्य सदस्यहरुलाई कुनै जानकारी नगराई सिधै ठेकेदार कम्पनी मार्फत ग्रावेल किन्दै गाउँपालिकाको श्रोत साधनको प्रयोग गरेर विल उठाउने कार्य गर्दै आएकाे खुलासा भएकाे हाे ।

ठाडो एकलौटी ढंगले कार्यालयले पनि काम गर्न पाउनु पर्यो भन्दै अन्य कुनै सदस्यहरुलाई जानकारी नगराई कमाइ खान काम गरिरहेकाे उनी माथि अाराेप लागृकाे छ ।

हामीले वडा अध्यक्ष खातिलाई कुनै कार्य विधि बनाउनु भएको छ, वा कसरी कार्य गरिरहेकाे ? र फालिएकाे ग्राईभिलको लागत कसरी थाहाँ हुने ? भनी प्रश्न गर्दा वडा अध्यक्ष खातिले भने “हामी ग्रावेल हाल्छौ पछि कति ग्रावेल हुन्छ नाप्छौ र सोहि अनुसार विल भुक्तानी गछौं” भन्नु भयो ।
यस्तै उहाँले “हामीले आफै काम गरे उपभोक्ताले गर्ने काम भन्दा आधा रकममा काम सम्पन्न गर्न सकिने हुनाले हामी आफै काम गर्न लागेका हौँ” उनले भने ।
आफैले काम गर्ने र वडाको बजेट बचाउने उदेश्य भएको भए गाउँपालिकाका श्रोत साधन सबै छदा-छदै ठेकेदार कम्पनीले भण्डारण गरेर राखेको ग्रावेल किन किन्नु पर्यो सिधै ग्रावेल खानी देखिनै ढुवानी गरेको भए अरु पैसा बच्थ्यो होला भन्दा उहाँले जवाफै दिन सकेनन् ।

यस्तै अहिले योजना सूचना पाटी नराखेर सूचनाको हकबाट सबैलाई टाढा राख्दै अध्यक्षले स्वास्थ केन्द्रमा फार्मेसी भवन र सडक ग्रावेल, सडक बत्ती लगायत थुप्रै कार्य अाफैले गरिराखेका छन् । नियममनुसार यो मिल्दैन ।

गाउँपालिका देखि चवन्नी सडक खण्डमा अध्यक्ष अाफैले ग्रावेल हाल्दैछन तर त्यहा कति हो लागत ? कसैलाई पनि थाहा छैन ।

किनकि लागत स्टमेट पनि छैन् र कुनै सूचनानै नगरि काम गर्न थालेकाले अहिले काम रोकिएको छ ।
१० दिन भन्दा बढी भईसक्यो ग्रावेल हालेर फिजाउने काम नभई दिदा सडक दुर्घटना बढेको छ । नियमानुसार मर्मत कार्य भहेको क्षेत्रमा सावधानी पाटी, योजना, लागत र निमार्ण गर्ने कम्पनी वा उपभोक्ता के हो सबै खुलेको बोर्ड लगाउनु पर्छ, तर त्यो लगाए खान नपाईने भएकोले सूचनाबाट सबैलाई बन्चित पार्न खोजेको प्रष्ट बुझिएकाे छ ।

उक्त सडकमा अहिले हिन्ने अवस्था नहुदा दैनिक ४/५ जना दुर्घटनामा पर्ने गरेको पाईन्छ । त्यति हुदा समेत वडा अध्यक्षले बाल मतलब गरेका छैनन् ।

शनिबार मात्र बेलडाँडीकि महिला नेत्री शान्ती नाथ अाफै दुर्घटनामा परेकी छिन् । उनको पछाडी बसेकी लक्ष्मी जोशीको खुट्टामा चोट लागेको छ, भने मोटर साईकलमा क्षति समेत पुगेको छ । यस्ता अवैध तरिकाका सबै कार्य रोक्न अनुरोध जनस्तरबाट विराेध समेत हुन थालेबाे छ ।

केही दिन अघि वडामा एकै दिन ४,५ बैठकको निर्णण पुराना मितिमा गरेको कुरा बाहिर अाउदा साथ हामी त्यहा पुग्दा निर्णय देखाउनुस भन्दा निर्णयहरू देखाईएन किन देखाईएन भनी बुझ्दै जादा अरू सदस्यहरूको हस्ताक्षर बाकी नै थियो ।

उनीहरूले हस्ताक्षर गरे पछि हामीलाई हेर्न सक्नु हुन्छ, भन्ने वडाध्यक्षको जवाफ अायो ।

वडा सदस्यहरुलाई निर्णयमा हस्ताक्षर गर भनेर दवाव दिएको तर नबुझेर म पुराना निर्णयमा हस्ताक्षर गर्दैन भन्दा उल्टै भत्ता नपाइने भन्दै धम्की गरेको समेत एक सदस्यले बताइन ।

उक्त कुरा हामी कहाँ पुग्दा हामी वडा नं.२ को कार्यालयमा पुगेर वडा कार्यालयले के-के काम गरेको छ, माइन्युट देखाउनुस् त ? भन्दा वडा सचिवलाई माइन्युट नदेखाउन भनी वडा अध्यक्षकाे निर्देशन अाएकाे वडा सचिव कमला बडालले बताईन ।

यसरी सूचनाको पहुचबाट हामी पत्रकारलाई समेत बन्देज गरेको छ । अन्य आम नागरिकले त सूचना पाउनु कहाँको कुरा हो कहाँको ।

उनको यस्तै शैलीले केहिदिन पहिला वडा नं.२ कै स्थानीयले बाटोमा रोकेर गाडीको चावी खोसेर जनताको काम प्रति जिम्मेवार र जवाफदेहि हुन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *