बेलडाँडी कर्मचारी भर्ना प्रकरण: कस-कस पार्टीले गरे अवैध नियुक्ती खारेजीको माग ?

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – बेलडाँडी गाउँपालिकामा केहि दिन पहिला मात्र ३ जना कर्मचारीलाई अवैध तरिकाले भर्ना गरिएको विषयमा गाउँपालिकाको चौतर्फी रूपमा अालाेचना बढ्न थालेकाे छ ।

गाउँपालिकामा अवैध ढंगले तीन जना कर्मचारीलाई २०७८ पुस ३० गते नियुक्ती दिएको बिषयलाई लिएर चौतर्फी विरोध र अालाेचना हुन थालेपछि एमाले बाहेक विभिन्न पार्टीद्वारा अबैध नियुक्ति खारेजिकाे माग बढेकाे हाे ।

यस अघि बेलडाँडीका मुख्य तीनदल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र नेपाली कांग्रेसले प्रकृया मिचेर सुटुक्क रूपमा केही जनप्रतिनिधिका अाफ्नालाई मात्र भर्ना गरिएकाे भन्दै उक्त अबैध नियुक्ति खारेजिकाे माग गरेका हुन ।

काँग्रेस, माअाेवादि र नेकपा एस पार्टीले साे कार्य गलत भएकाे भन्दै गाउँपालिकामै गएर नयाँ अधिकृतलाई खारेज गर्न माग गरिसकेका छन । तर नेकपा एमाले भने चुपचाप बसेकाे छ ।

यति गलत कार्य हुदा समेत एमाले किन चुपचाप बसेकाे छ, भन्ने प्रश्न उठ्न थालेकाे छ । स्थानिय सरकार सत्ता माेहकाे स्वार्थमा गलत हुदा समेत एमालेकाे अाधिकारी धारणा अाएकाे छैन ।

बेलडाँडी- ४ का अध्यक्ष वीर बहादुर खडकाले जे भएकाे छ, साे बारेमा अाफु अनविज्ञ रहेकाे बताए । उनले भने बाहिर बाहिर सुने तर उक्त नियुक्तिमा अाफ्नाे कुनै समर्थन नभएकाे भन्दै गलत कार्यकाे विराेध जनाउदै साे नियुक्ति खारेज हुनुपर्ने बताए । उनले छिटै कार्यपालिकाकाे बैठकमा कुरा उठाउने बताउदै गलत कार्यकाे डठेर प्रतिकार गर्ने समेत बताएका छन् ।

बेलडाँडी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएको ४ दिन नबित्दै पुस ३० गते पुरानै अधिकृतले तीन जना कर्मचारीलाई दैनिक ज्यालादारी भन्दै ६,६ महिनाको नियुक्ती दिइएको छ, भने ती मध्ये एक जनालाई अहेब पदको बिल्ला भिराउदै २० हजार तलब खाने नियुक्ती समेत दिएकाे पाईएकाे हाे ।

घटनाको अध्ययन गर्दा आजका मिति सम्म पुराना हाकिम बाट गाउँपालिका अध्यक्षले केहि नमागेको र जाने बेला यी तीन जनालाई नियुक्ती गरिदिनुस् भनेको खवर श्रोतबाट प्राप्त भएको छ ।

यस विषयमा पुराना अधिकृत गणेश दत्त भट्टले नियुक्ती खारेज गर्न सकिने संकेत गरेका छन् । बेलडाँडीका केहि जनप्रतिनिधीहरुका मान्छेलाई भर्ना गर्नु पर्ने भएकोले गाउँपालिकाको आवश्यकता छ, तपाईनै नियुक्ती दिएर जानुस् भनेर पुराना हाकिमलाई दवाव दिएर सो कार्य गराएको श्रोतले जनाएको छ । उहाँले साे नियुक्तिलाई खारेज गर्न सकिने धारणा व्यक्त गर्नु भयो।

नियुक्ती हुनेमा दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ, भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्ति दिइएको छ ।

यस्तै रौतेली स्वास्थ्य चौकीमा कोभिड-१९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा सुनिता रानालाई २० हाजर तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिइएको छ । तर नियुक्तिमै त्रुटि समेत भेटिएको छ ।

नियुक्ति एक छ, तर मान्छे फरक भएकाे समेत पाईएकाे हाे । सुनिता राना भनेर नियुक्ति दिईएकाे छ, तर उनकाे नाम सरिता राना रहेकाे तथ्य समेत फेला परेकाे छ ।

भर्ना भएका कठायत वडा नं-२ का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन, भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना अध्यक्ष थापा निकट हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *