काँग्रेस बेलडाँडीले नियम, प्रकृया मिचेर भर्ना गरिएका कर्मचारीकाे नियुक्ति खारेजीकाे माग

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाली काँग्रेस बेलडाँडीले  केहि दिन अघि गाँउपालिकामा विना कुनै सुचना सुटुक्क प्रकृया मिचेर भर्ना गरिएका तिन जना कर्मचारीहरुकोे नियुक्ती खारेजीको माग गरेका छन् ।

शुक्रबार गाउँपालिकामा पुगेर काँग्रेस बेलडाँडीले नियम प्रकृयानै मिचेर राखिएका ३ जना कर्मचारीकाे नियुक्ति खारेजिकाे माग अघि सारेका हुन ।

गाउँपालिकामा अध्यक्ष ज्युलाई भेटेनाै उहाँ कार्यालयमा आएका नरहेछन, हामिले प्रमुख प्रशासकिय अधिकृत पदम राज जाेशिलाई उक्त अबैध तवरले गरिएका नियुक्ति तत्काल खारेज गर्न अनुराेध गर्याे, काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले बताउनु भयाे ।

उनले भने “कुनै पनि कर्मचारी भर्ना गर्दा नियम, प्रकृया बमाेजिम आवश्यकता हाे, हाेईन ? तलब खुवाउन पालिकाकाे क्षमता छ, छैन ? भनी अध्यन नगरि प्रकृया बाहिरबाट राखिएका ती कर्मचारीकाे नियुक्ति खारेजि गरिनु पर्छ ।”

यस्तै काँग्रेस नेता एवं जिल्ला उप-सभापति हरिचन्द्र रानाले अबैधानिक रूपमा गरिएका गाउपालिकामा विभिन्न निर्णय समेत हेरीनु पर्ने भन्दै अबैध रूपमा राखिएका ती कर्मचारीकाे नियुक्ति तुरुन्त खारेज हुनुपर्ने धारणा व्यक्त गरे ।
काँग्रेस बेलडाँडीले निज तीन जनाकाे नियुक्ति खारेज नभए कडा रूपमा प्रस्तुत हुने समेत बताएकाे छ ।

जवाफमा प्रमुख प्रशासिकय अधिकृत पदम राज जाेशिले नियम संगत रूपमा कर्मचारी भर्ना नगरिएकाे बताउदै याे विषय कार्यपालिकामा राख्ने भन्दै नियुक्ति खारेज गर्नुकाे कुनै विकल्प नरहेकाे बताए ।
उनले भने पुराना हाकिम सापले नियुक्ति दिनु भएकाे हाे, सरूवा भई जादा विवादास्पत नियुक्ति गरेर जानू भएछ, यस्ताे नगर्नु पर्थ्याे भन्नू भयाे ।

यसरी यस अघि नेकपा माअाेवादि केन्द्र, नेकपा एकीकृत समाजवादिले समेत मनपरी ढंगले गरिएका नियुक्ति खारेज नगरिए कडा रूपमा उत्रले चेतावनि दिईसकेका छन् ।

नियुक्ती गरिएका ३ जना दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ, भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्ती दिइएको छ ।

यस्तै सुनिता राना भनि नियुक्ति दिएकाे भएपनि ती सरिता राना रहेकाे राैतेलि स्वास्थ चाैकिका प्रमुख अरविन्द कुमार शाहिले बताए । रानालाई  रौतेली स्वास्थ्य चौकीमा कोभिड-१९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा २० हजार तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिएको पाईएको हो ।

नियुक्ति पत्रमा समेत नाम एक नियुक्ति अर्के दिएकाे समेत पाईएकाे छ ।

नियुक्त हुनेमा कठायत वडा नं-२ का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना गाउँपालिका अध्यक्ष निकट हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *