धनगढी – कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।
मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिसओ’ हुन् । उनी धनगढी उपमहानगरपालिका–३ स्थित गुरुद्वारामार्गको आफ्नै घरमा मृत फेला परेको डीएसपी जोशीले बताए ।
उनी घरमा एक्लै थिए । उनका परिवारका अन्य सदस्यहरू भने आफन्तको बिहेमा गएका थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ ।
परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउँदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ ।

