पुनर्वासमा मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको मृत्यु

मुख्य खवर राजनीति विशेष समाचार

जुद्ध चौधरी/पुनर्वास- मोटरसाईकल र अटोरिक्सा एकआपसमा ठोकिदा अटो चालकको ज्यान गएको छ ।
बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माईली बजारमा दुर्घटना भएको हो । बेलौरीबाट धनगढी जादै गरेको लु.२ स. ००८१ नम्बरको अटो रिक्सा र बिपरीत दिशाबाट आईरहेको से.१ प ७६४४ नम्बरको मोटर साईकल एकआपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी अटोरिक्सा चालक पुनर्वास वडा नं. ८ क गाउँ का ३५ बर्षिय राजेन्द्र सुनार(मिजारं) को उपचारका क्रममा कैलालीको धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिँह बिष्टका अनुसार मोटरसाईकल चालक पुनर्वास न.पा. १ गणेशबस्ती बस्ने ३० बर्षिय राम भजन राना, मोटर साईकलमा सवार सोहि ठाउँका ३२ बर्षिय राधेश्याम राना, अटोमा सवार बेलौरी न. पा. १० भुडाका १३ बर्षिय बालक आकाश बि.क., सोहि ठाउँका १२ बर्षिय आशिष बि.क., सिद्धला बजार नगरपालिका ८ बर्दियाका ३२ बर्षिय रघुबीर सुनार, १४ बर्षिया करुणा सुनार र पुनर्वास न.पा. ८ खडृडाका ७० बर्षिया पार्बती सुनार घाईते भएको जनाए ।

घाईते मध्ये आकाश बि.क. र राम भजनको अबस्था गम्भीर रहेको र धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ । अन्य घाईतेहरूको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *