कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता: दिपज्योतीको बिजय सुरुवात

खेलकुद मुख्य खवर राजनीति विशेष समाचार

बिकाश सिंह महता /कञ्चनपुर- अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०७८ भव्यताका साथ द्धघाटन भएको छ। बिहीबार भएको उद्धघाटन डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र द ग्यालेक्सी युथ क्लब बिच भएको थियो।

उक्त खेलमा दिपज्योतिले खेलको पहिलो हाफमा २ गोलको अग्रता कायम राखेको र दोस्रो हाफमा पुन १ गोल गर्दै द ग्यालेक्सी युथ क्लब लाई ०-३ गोलको अन्तरले हराउदै लिगमा सुखद बिजय सुरुवात गरेको छ।

उद्धघाटन खेलका म्यान अफ दि म्याच दिपज्योती युवा क्लबका टिम क्याप्टेन करन पाल घोषित हुँदै नगद ११ सय पुरस्कार हात पारेको लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ्। उनका अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लब मध्य १२ क्लबले सहभागिता जनाएको र भोलि हुने दोस्रो दिनको पहिलो खेल कञ्चन समाज र रोयल गिर्खाज युथ सर्कल बिच बिहान १० बजे, दोस्रो खेल निङ्गलाशैनी समाज र त्रीपुरा समाज बिच दिउँसो १ बजे र तेस्रो खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ।

लिग फुटबल प्रतियोगिताको उद्धघाटन समारोहका अध्यक्षता कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ प्रमुख अतिथि नेपाल महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश प्रसाद भट्ट ,  विशिष्ट अतिथि कञ्चनपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ओम बस्नेत रहनु भएकाे थियाे ।

सुदूरपश्चिम प्रदेश फुटबल संघका सदस्य दिनेश बोकटी ,कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष गजेन्द्र पाण्डेय एन्फ प्रशिक्षक पुष्कर शाही लगायत फुटबल संघका पदाधिकारीहरु को उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव समेश चन्दले गर्नु भएको थियो।

आज बिहिवार दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र द ग्यालेक्सी युथ क्लब बिच महेन्द्रनगर स्थित खुलामञ्चमा उद्धघाट्न खेल हुने छ। लिगमा संघमा आबद्ध दुई क्लबको भने सहभागिता नरहेको र जसमा जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी रहेका छन् । लिग दुई समूह मा बिभाजन गरिएको छ।

समुह ‘ए’ मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दिपज्योती युवा क्लब ,द ग्यालेक्सी युवा क्लब ,सेक्युर्ड नेपाल ,राम युवा क्लब, यूथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् भने समूह ‘बि’ मा कञ्चन समाज,रोयल गोर्खाज यूथ सर्कल,निङ्गलाशैनी युवा समाज , त्रिपुरा समाज,महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन् । प्रतियोगिता यहीँ पौष २२ देखि माघ ५ गते सम्म महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *