“छुवाछुत निगरानी केन्द्र” संचालन कार्यविधीका लागि दुईदिने कार्यशाला गाेष्ठि बेलाैरीमा शुरू

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – छुवाछुत निगरानी केन्द्र” संचालन कार्यविधी निर्माणका लागि २ दिने कार्यशाला गाेष्ठि बेलाैरीमा शुरू भएकाे छ ।

मंगलबार  बेलाैरि नगरपालिका र दलित अधिकार मंच काे सहकार्यमा एवम् NNSWAर DCA काे सहयोगमा “छुवाछूत निगरानी केन्द्र” संचालन कार्यविधी निर्माणका लागि २ दिने कार्यशाला गाेष्ठि बेलाैरी नगरपालिकामा शुरू भएकाे हाे ।

समाजमा हुने जातिय छुवाछुत अन्त्य गर्नुका साथै छुवाछुतका घटना सम्बन्धि निगरानि गरी त्यस्ता घटना हुन नदिने वातावरण बनाउन निगरानि केन्द्र संञ्चालनका लागि कार्यविधि बनाईने बेलाैरी नगरपालिकाका नगर प्रबक्ता विनाेद नेपालिले जानकारी दिनु भयाे ।

कार्यक्रममा जनप्रतिनिधि, सराेकारवाल निकाय र दलित हकहितकर्मि लगायतकाे सहभागितामा शुरू भएकाे कार्यक्रम  बुधबार आज समापन हुने नगर प्रबक्ता नेपालिले बताउनु भयाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *