रमेश प्रसाद भट्ट/ कञ्चनपुर- नेकपा एमाले बेलडाँडीका पाँच वटै वडाहरुमा सर्वसम्मत चयन गरिएको छ । एमालेको १०औँ महाधिवेशनका लागि शुक्रबार आज कञ्चनपुरको बेलडाँडी गाँउपालिका पाँच वटै वडामा भएको वडा अधिवेशनको सम्मेलनबाट वडा कमिटि सर्व सम्मत रुपमा चयन गरीएको बेलडाँडी गाउँ कमिटि सचिवालय सदस्य शंकर दत्त भट्टले बताउनु भयो ।
उनले भने ”बेलडाँडीका १ वडा देखि ५ वटै वडाहरुमा सर्वसम्मत तवरले वडा कमिटिको नेतृत्व चयन गरिएको बताउनु भयो ।” उनले भने ‘सबै वडामा अध्यक्ष सहित ३१ सदस्यीय वडा कमिटि गठन गरीएको जानकारी दिनु भयो ।’
जसमा वडा नम्बर- १ मा कमल सिह डडाल, वडा नम्बर -२ मा गणेश दत्त भट्ट, ३ मा जय ब. विष्ट, ४ मा रतन सिह खडका र ५ मा अम्मर रोकाया वडा कमिटि विस्तार गरिएको छ। क्रमस १देखि ५ का उपाध्यक्षहरु लक्ष्मीराज निलौला, बिमलामान थापा, चित्र ब. चौधरी, बुद्धिराम राना, १ देखि ५ वडाकै सचिवहरु भान ब.विष्ट, कृष्णसिह धामी, पुष्पा कुमार उपाध्याय, झुप ब. बुढा, हरिगोबिन्द जोशी रहेका छन ।
भने क्रमस १ देखि ५ वटै वडाका उप-सचिहरु राज बहादुर चन्द, बुद्धिराम चौधरी, मानसिह खत्री, नन्दादेवी सेटी, रविन नाथ, भुपेन्द्र थापा, रमेश खडका, करन सिह बडाल र लक्ष्मी खडका, बिन्द्रा रोकाया रहेका छन ।



