डिल्लीराज पन्त /कञ्चनपुर- कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा तालिम प्राप्त कुकुर ले चेकजाँच सुरु गरेको छ । सोववार देखि जिल्ला प्रहरी कार्यालयले ‘लिलि‘ नामको तालिम प्राप्त कुकुर का माध्यमले आउदै गरेका चाडवाडका बेला भारत वाट नेपाल आउनेको भिड ह्वत्तै वढ्रने र त्यस क्रममा अपराधिक कृयाकलाप लाई वढावा दिने माल समान ओसार पसार हुन सक्ने भन्दै सामान चेक जाच गर्न थालिएको हो ।
चडपर्व विशेष सुरक्षा योजना अन्र्तगत प्रहरस्ीले नाकामा कुकुर प्रयोगका साथै थप सुरक्षा चेकजाचमा कडाई गरेको छ । भारत संग जोडिएको र पश्चिमकै मुख्य नाका खुला रहेकाले जतिसुकै बेला पनी अपराधिक गतिविधि वढाउने खालका बस्तुहरु भित्रिन सक्ने र त्यसलाई नियन्त्रण गर्न कुकुर मार्फत चेकजाँच गर्न सुरु गरएिको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक शिद्धराज न्यौपाने ले वताएका छन ।
गड्चौकी नाका भएर प्रतिवन्धित बस्तु, हातहतियार, विष्फोटक पदार्थ, लागु औषधलाई झोलामा या लुकाई छिपाई ल्याए पनी तालिम प्राप्त कुकरले सुघेर सजिलै पत्ता लगाउने भएकाले यस्ता अवैधानिक कृयाकलाप हुन वाट जोगीने प्रहरीले जनाएको छ ।
धनगढि स्थित प्रदेश प्रहरी कार्यालयको (कुकुर शाखा) वाट लिली लाई जिल्ला प्रहरी कार्यालयमा ल्याईएको हो । अहिले ६ वटा विभिन्न अपराधिक क्षेत्रका लागी तालिम प्राप्त कुकुर सो शादामा शाखामा रहेको प्रहरीले जनाएको छ ।

