रमेश प्रसाद भट्ट/ कञ्चनपुर- नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता पुष्कल चौधरी केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा जुटेका छन् । काँग्रेस कञ्चनपुर जिल्ला सहसचिव एवं महासमिति सदस्य समेत रहेका युवा नेता चौधरी काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिको दाैडमा जुटेका हुन ।
विजय कुमार गच्छदारको पुर्व मधेशी जनअधिकार फोरम लोकतान्त्रीक पार्टीका तत्कालीन कञ्चनपुर जिल्ला अध्यक्ष रहेका चौधरी पार्टी एकिकरण पश्चात काँग्रेसमा युवा नेताका रुपमा चिनिन्छन । जिल्लाको दक्षिणि क्षेत्र बेलौरी नगरपालिका-२ गोकुलपुर ( दिनापुर) घर भएका नेता चौधरी तत्कालीन पार्टीमा रहदा विभिन्न आयोग र महेन्द्रनगर नगरविकास समिति अध्यक्ष समेत भएका थिए ।
अहिले काँग्रेस भित्र पनी उनीलाई निर्वाचन क्षेत्र नम्बर- १ मा उदयमान नेताका रुपमा हेरिएका छन् । युवा नेता चौधरी आफु अहिले काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेद्धवारी रहने बताउनु भयो ।
उनले भने ”काँग्रेसलाई गुट उपगुट अन्त्य गरी पार्टीलाई आगामि निर्वाचनमा पहिलो पार्टीको रुपमा ल्याउन र पार्टीलाई समावेशी तवरले अघि लैजान आफ्नो उम्मेद्धवारी केन्द्रय महाधिवेशन प्रतिनिधिका लागि रहेको बताउनु भयो ।”
अहिले पार्टीलाई बलियो बनाउनु छ, अनी आगामि निर्वाचनमा काँग्रेस पार्टीलाई एक नम्बरमा ल्याउन सबै नेपाली काँग्रेसका कार्यकर्ता एक जुटभई अघि बढनु पर्ने अवस्था भएकाले पनी नेतृतवमा आउन प्रजतान्त्रिक अभ्यासलाई अवलम्बन गर्नु राम्रो विषय भएको बताउदै गुट उपगुट अन्त्य गरी सबै काँग्रेसी हुनु पर्छ उनले भने ।
पार्टीमा सबै जात, जाति, धर्म, भाषा, भाषि, वर्ग, क्षेत्र र भुगोललाई समेटन आफ्नो प्रमुख एजेन्डा रहेकाले सबै पार्टीका मतदाता वर्गलाई विजयी गराई दिन हुन नेता चौधरीले अनुरोध समेत गरेका छन् ।

