कञ्चनपुर– नेकपा एमाले कञ्चनपुरले पार्टीलाई टुटफुट भन्दा पनि एकताबद्ध रुपमा अघि बढाउने योजना अघि सारेको छ । एमाले कञ्चनपुरको पूर्ण बैठकले पार्टीलाई एकता रुपमा अघि बढाउने निर्णय गरेको छ ।
जिल्ला पार्टीको बैठकको निर्णय बारे बुधबार पार्टी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले नेकपा समाजवादीतिर गएका नेताहरुलाई पार्टीमै फर्किन आब्हान गरेका छन ।
टुटफुट र गुटले कम्यूनिष्ट पार्टी बन्दैन, त्यसैले मुल पार्टीकै फर्किन नेकपा एमाले कञ्चनपुरले समाजवादीतिर गएका नेताहरुलाई लक्षित गरेर एकतामा आउन आब्हान गरेका हुन । पत्रकार सम्मेलनमा नेकपा एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले एमाले फुट होईन जुटको संघारमा अघि बढिरहरेको बताए ।
‘हिजोका दिनमा जे भयो, ठिक त्यसलाई एक ढङगले समिक्षा गरौँला, ‘उनले भने, ‘अब पार्टी एक ढिक्का भएर अघि बढ्छ ।’ पार्टीले सबै वडा, पालिका एव जनबर्गिय संघ संगठनका बैठक भेला समेर नयाँ नेतृत्व चयन गरेको बताउदै सचिव विष्टले जनताको जनजिविका सवालमा अघि बढ्ने बताए ।
भीमदत्त नगरका मेयर समेत रहेका एमाले सचिव सुरेन्द्र विष्टले विघठित महेन्द्रनगर नगर विकास समितिको प्रकरणमा एमाले कार्यकर्ता नै दोषि भएपनि अख्तियारले कार्बाही गर्नुपर्ने बताए ।
एमाले सचिव तथा भीमदत्त नगरका मेयर विष्टले नगर विकासको जमिनमा भईरहेको बेथिति बिरुद्धमा आफु र तत्कालिन काँग्रेस सचिव भोजराज बोहराले मिलेर अख्तियारमा उजुरी दिएको खुलासा गरे ।
‘ऐन नियम एव प्रकृया मिचेर वितरण गरिएका जमिन खारेजी हुनुपर्छ, ‘उनले भने, ‘यसमा हिजो पनि अहिलेपनि भोलीपनि एमाले र नगरपालिकाको साथ सर्मथन रहन्छ ।’ उनले भीमदत्त नगरको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पार्टीका तर्फबाट सहयोग भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोडदिए ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष बिर बहादुर थापा(पातल)ले पार्टी फुटको अवस्थामा नभई जुटको अवस्थामा उन्मुख भईरहेको बताउदै, समाजवादीतिर गएका नेताहरुलाई फर्किन आब्हान गर्नुभयो ।
‘दश बुँदे सहमती अनुरुप एमाले कञ्चनपुरको अध्यक्ष तारालामा नै थिए, ‘उनले भने, ‘उनी मुल पार्टीमा नफर्किएपछि म नै अध्यक्ष भएको छु ।’ तामाङ्गसंग पार्टीमा फर्किन आब्हान गरेपनि तामाङ्गले आफुलाई अध्यक्षबाट नहटाउने चाहना अनुरुप आफु नै अध्यक्ष भएको बताए ।
उनले आगामी महाधिवेशनमा माओवादीबाट एमालेमा गएका र पार्टीमा फर्किएका नेपाल समुहका नेताहरुलाई मुल पार्टी नेतृत्वले नबढार्ने दावि गर्दै संरक्षण गर्ने बताए । ‘पार्टीले अहिले तीन खाने मनोविज्ञान छ, एक माओवादीबाट एमालेका प्रवेस गरेका, अर्को नेपाल समुहबाट फर्किएका र मुल एमाले नेतृत्व, यद्यमी हामीविच मतभेद छैन, ‘उनले भने, ‘आगामी महाधिवेशनबाट मलाई लाग्छ, हामी माथि अन्याय हुँदैन ।’
एमाले अध्यक्ष थापाले पार्टीको कञ्चनपुरको विकास निर्माणका साथै पार्टी एकता अभियानमा जुटेको बताए । एमाले कञ्चनपुरका इन्चार्ज एव प्रतिनिधी सभा सदस्य निरुदेवी पालले नेकपा एमाले जेठ २मै फर्किनुका साथै नेकपा सहितको निरन्तरता भएको बताउदै उनले एमाले सुप प्रदेशको इन्चार्जको विषयमा टुङ्गो नलागेको बताईन ।
एमाले सुप प्रदेशको इन्चार्ज लेखराज भट्टकी भीम रावल भन्ने विषयमा अहिले नै एकिन भएकाले केन्द्रीय कमिटिबाट टुङ्गो लगाईने बताए । आफुले जिल्लाका कुनैपनि विभेद नगर्ने बताउदै उनले पार्टी एककताका लागि हर प्रयास जारी रहने घोषणा गर्नुभयो ।

