नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू कञ्चनपुर अध्यक्षमा पन्त

Uncategorized

कञ्चनपुर– नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरको अध्यक्ष(संयोजक) मा रमेश पन्त चयन भएका छन ।

सोमबार महेन्द्रनगरमा सम्पन्न भएको अनेरास्ववियू कञ्चनपुरको जिल्ला भेलाले अध्यक्षमा विद्यार्थी नेता पन्त चयन भएका हुन ।

सह संयोजक प्रज्वल कुँवर सदस्य कमल एके, हिमेश थापा, केशव खडका, तोयराज जोशी, रोहित बडू, सोमराज बडू, किशोर प्रशाद भट्ट,संगिता जोशी, तारा धामी, अनु अवस्थी, गोबिन्द धामी, नवराज जोशी, हिदेश धामी, हरिस धामी, पदम ब. धामी, सुुमन खडायत, कविराज अवस्थी, दिवाकर प्रशाद जोशी, सागर विष्ट, सृजना जोशी, सागर विष्ट, रिदम रावल, अनिल भण्डारी, दिपक विष्ट, अञ्जु नेगी, नरेन्द्र ओखेडा, हरि ओड, धुव्रराज शाही लगायत १सय १सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको छ ।

झण्डै एक दशक बढि समयदेखि विद्यार्थी राजनीतिमा होमिएका रमेश पन्त अहिले अनेरास्ववियू कञ्चनपुरको अध्यक्ष सर्वसम्मत चयन भएका हुन ।

पन्त ०६५ सालदेखि दार्चुलाबाट विद्यार्थी राजनीतिमा होमिएका थिए । उनले अनेरास्ववियू कञ्चनपुरको समग्र शैक्षिक विकासका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन । ‘यात्रा सम्बृद्धिको लक्ष्य समाजवादको’ भन्ने मुल नाराका साथ अनेरास्ववियू कञ्चनपुरको प्रथम जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलाको संगठनका केन्द्रीय अध्यक्ष सुरेश पराजुलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *