अखिल क्रान्तिकारी कञ्चनपुरको १३औं जिल्ला सम्मेलन सम्पन्न,,अध्यक्षमा विद्यार्थी नेता गिरी

मुख्य खवर विशेष समाचार

कञ्चनपुर -नेकपा माअाेवादि केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरको १३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरमा अायाेजित १३ अाै सम्मेलनले युवा विद्यार्थी नेता कैलाशचन्द्र गिरीलाई सर्वसम्मत चयन गरेकाे हाे ।

विद्यार्थी नेता गिरीको अध्यक्षतामा १३ कार्यालय सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको क्रान्तिकारी नेता दिपकराज अवस्थीले बताए। उनका अनुसार कार्यालय सदस्य तर्फ प्रेम रावल, किशोर भट्ट, तिलम माल, भुवन विष्ट, शुनिल सेटी, सुरेश भट्ट, दिपकराज अवस्थी, डम्बर कुँवर, दल ब. धामी, रेशम चौधरी, लाल बहादुर विक सहित रहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा चयन भएका विद्यार्थी नेताले विद्यार्थीको हक हितका साथै जिल्लाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । झण्डै एक दशक बढि समयदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा होमिएका नेता गिरीले संगठनले दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्ने प्रण गरेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका निर्वतमान अध्यक्ष बिरेन्द्र राज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका इन्चार्ज खगराज भट्ट(बिनोद) प्रमुख अतिथि रहेका थिए, क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *