आज राष्ट्रिय बाल दिवस, बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदै

मुख्य खवर विशेष समाचार
कञ्चनपुर– राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।बाल दिवसको अवसमा कञ्चनपुरमा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाई रहेका छन् । जिल्लाका विभिन्न स्थानहरुमा बाल हक हितका सवाललाई अझ जिम्मेवार बनाउने उद्देश्यले दिवस मनाई रहेका हुन ।

यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *