भिडभाड हुने खेल सञ्चालन नगर्न खेलकुद परिषद्‌को निर्देशन

खेलकुद

राष्ट्रिय खेलकुद परिषद‌्ले अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएको छ। परिषद्का प्रशासन विभाग प्रमुख कुलबहादुर थापाका अनुसार खेलकुद कार्यक्रमहरु अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको हो।

कोरोनाभाइरसको संक्रमण बढ्ने जोखिमका कारण खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिइएको हो।

बिहीबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विकको अध्यक्षमा बैठक बसेपछि खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिने निर्णय गरिएको हो।

बैठकले रार्ष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयको नीतिगत निर्णयको सीमाभित्र रही खेलकुद परिषद्ले आवश्यक व्यवस्था मिलाउन निर्णय गरेको थियो।


यसअघि कोरोनाकै कारण एभरेस्ट प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता स्थगित भइसकेको छ।

विश्वकप छनोट अन्तर्गत चैत दोस्रो साता दशरथ रंगशालामा हुने चाइनिज ताइपेई र तेस्रो साता अस्ट्रेलियाविरुद्ध हुने खेल पनि स्थगित हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *