काँग्रेस नेता विष्टद्धारा बेलडाँडीलाई स्वास्थ्य सामाग्री प्रदान,, समस्यामा जनताको पिरमार्का बुझ्दै

मुख्य खवर समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  नेपाली काँग्रेसका नेता एवं पुर्व माननीय संविधान सभा सदस्य दिवान सिह विष्टले बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । पछिल्लो समय कोरोना भाइृरसको दोस्रो लहर बढेपछि आफ्ना क्षेत्रका जनताको स्वास्थ्यलाई मध्येनजर गरेर नेता विष्टले थोरै भएपनि राहात पुगोस भनेर बेलडाँडी गाउपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

बेलडाँडीका जनताको स्वास्थ्यमा केहिहद सम्म पएपछि टेवा पुगोस भन्ने उद्देश्यका साथ नेता विष्टले बेलडाँडी गाउपालिकालाई १ थान भ्यान्टीलेटर, २ थान पंखा र १ थान अक्सीजन अक्सीलिटरलाई गाउपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री मार्फत सामागी हस्तान्तरण गर्नुभएको हो ।
‘कोरोना भाईरसको प्रभावलाई रोकथाम तथा नियन्त्रण पोगोस भन्ने हिसाबका साथ आफ्नो नियमित कार्यक्रम अनुरुप बेलडाँडीलाई पनी स्वास्थ्य सामाग्री दिएको पुर्व माननीय संविधान सभा सदस्य नेता विष्टले बताउनु भयो ।’

उनले भने ”यो बेला महामारीको समय भएकाले सबैले आफ्नो ठाउँबाट सहयोगको भुमिका निर्वाहा गर्नु पर्दछ, सोहि अनुरुप आफुले निर्वाचन क्षेत्र नम्बर १ का ४ वटै पालिकालाई आफ्नो नितान्त व्यक्तिगत रुपबाट जनताको पिडामा सहयोग मिलोस भनेर स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गदै आईरहेको बताउनु भयो ।”

पछिल्लो समयमा नेता विष्ट कोरोनाको महामारीले पिडामा छटपाईरहेको जनताको समस्या बुझ्दै केहि भएपनि राहात पुगोस भनेर व्यक्तिगत रुपमा सहयोग गदै हिडिरहेका छन् । तर यस क्षेत्रबाट निर्वाचित संघिय सांसद एवं पुर्व खानेपानी मन्त्री विना मगर भने आफ्नो निर्वाचन क्षेत्रका जनताको पिडामा चुपचाप छिन ।

यस्तो विषम परिस्थितिमा आफुलाई भोट दिएर मन्त्री बनाएका जनताको लागि सहयोग गर्नु त कहाँको कुरा सान्तोना समेत प्रकट गरिकी छैनन् । यसरी आफुले निर्वाचित गरेर पठाएका सांसद एवं पुर्व मन्त्री मगर कहाँ छिन कहाँ, यति बेला जनता भन्दैछन खोई हामिले भोट दिएर जिताएकी सांसद भनेर प्रश्न गरिरहेका छन् । तर उनी  संग चुनावमा पराजित भएका नेता विष्ट भने जनताका पिर मार्का संगै गाउँवस्तीमै सहयोग गदै हिडिरहेका छन् ।

यसरी नेपाली काँग्रेस बेलडाँडी र नेता विष्टले विगतका समयमा माहामारीका बेलामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग गदै आएको थियो । यसरी महामारीका बेलामा आफ्नो आर्फबाट सहयोग गर्नु भएकोमा गाउँपालिका अध्यक्ष थापा क्षेत्रीले हार्दीक धन्यावाद व्यक्त गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा काँग्रेस नेता एवं जिल्ला सदस्य जनक सिह धामि, गाउ सभापति हर्कदेव जोशी, डिवी लामा, लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *