रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्र बेलाैरी नगरपालिका वडा नम्बर-१० भुडाबाट लागु औषध ब्राउन सुगर सहित दुई जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेकाे छ । शनिबार दिउसाे शसस्त्र प्रहरी बर्डर अाउट पाेष्ट भुडाबाट शसस्त्र प्रहरी नायव निरिक्षक नबराज खडकाकाे नेतृत्वमा खटिएकाे गस्ति टाेलीले करिव १२:३० बजे भुडाकाे पहाडी टाेलबाट ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ११ डाेके बजारका अन्दाजी २५ बर्षिया रेशमान चाैधरी र टिकापुर नगरपालिका ३ का अन्दाजी २७ बर्षका सन्ताेष चाैधरीलाई ३ ग्राम ८ सय ७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेकाे शसस्त्र प्रहरी- ३५ नम्बर गण झलारी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र एरेले जानकारी दिनु भयाे ।
उहाँका अनुसार “अहिले जिल्लाका सबै जसाे सिमा नाकामा सुरक्षामा कडाई गरेकाे र त्यसमा पनि लागू अाैषधकाे काराेबार सिमा क्षेत्रमा बढनथाले पछि सुरक्षा निगरानिलाई थप कडा गरेकाे बताउनु भयाे ।” उनका अनुसार खुला सिमा नाकाहरूमा अबैध तस्करी नियन्त्रण देखिन हरेक खालका गैरकानुनी कार्यलाई राेक्न सबै बर्डर अाउट पाेष्टहरूलाई निर्देशन समेत दिएकाे बताए । पक्राउ गरि शसस्त्र प्रहरी बेर्डर अाउट पाेष्ट भुडाले अावश्यक कानुनी कार्वाहिका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीलाई बुझाएकाे छ । तिन दिन अघि मात्र बेलौरी ७ मा लागु औषध कारोबारी तस्कर र प्रहरी बिच दोहोरो भिडन्तमा नेपाल प्रहरीको गोली लागि एक जना भारतिय नागरिकको मृत्यु भएको थियो । यसरी यस क्षेत्रका खुला सिमा नाकाहरु आगु औषध तस्करको मुख्य अड्डा बन्दै गएको छ ।

