बैतडी –बैतडीमा छोरीलाइ गोली प्रहार गरि फरार भएका महरा ४ दिन पछी पक्राउ परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले ४ दिन पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
माघ २४ गते साँझ महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी २० वर्षीया विवाहित छोरी बेलमती महरा (धामी)को हत्या गरेका थिए ।

