रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकाका युवा गोकर्ण जोशी (निश्चल)आत्मा निर्भर बन्न बाख्रा पालन व्यवसाय तर्फ जुटेका छन् । विदेशी भुमिमा गएर अर्काको काम गर्नु भन्दा देशमै केहि गरेर आत्मा निर्भर बन्न सकिन्छ, भनेर बेलडाँडी गाउँपालिका वडा नम्बर २ का युवा जोशी एक बर्ष यता देखि बाख्रा पालन व्यवसायमा लागेका हुन ।
भिडियो हेर्न यहाँ लिंङ्कमा क्लिक गर्नुहोस ……

आफ्ना भाई मुकुन्द जोशीको नाममा बेलडाँडी बाख्रा पालन नामक फोर्म दर्ता समेत गरेका छन् । परिवारका सबै जसो सदस्यहरुले आ-आफ्नो ठाउँबाट सगाएर बाख्रा पालन गर्ने कार्यमा आफुलाई थप उत्प्रेरण दिएको युवा जोशीले बताए । देशमा युवा बेरोजगार बढन थालेपछि विश्वका विभिन्न देशमा गएर नेपाली युवा आफ्नो श्रम बेच्न बाध्य बन्न परिरहेको बेलामा आफ्नै गाँउघरमा बाख्रा पालन व्यवसाय गरेर केहि गर्न सकिन्छ भन्ने एक उदाहरण समेत युवा जोशीले दिएका छन् ।
शुरुमा ३ लाख रुपयाँको लगानीमा बाख्रा किन्ने देखिन अन्य व्यवस्थापनमा जम्मा करिब ७ लाखको लगानीमा केहि घरका र केहि बाख्रा र बोका बाहिरबाट किनेर बाख्रा पालन गर्न लागेका युवा जोशीले अहिले बोयर क्रस, सिरोही, विटल नस्ल लगायत गरेर करिब ५ किसिमका नस्ल सुधार गरिएका बाख्रा पालन गरिरहेको युवा उद्यमी गोकर्ण जोशीले बताउनु भयो ।
भिडियो हेर्न यहाँ लिंङ्कमा क्लिक गर्नुहोस …

उहाँका अनुसार “अहिले थप बोका र बाख्रा गरेर करिब ५०÷६० बाख्राहरु र खोर निर्माण लगायत गरेर जम्मा करिब १५ लाख बराबर सम्मको लगानीमा बाख्रा पालन व्यवसाय गरिरहेको बताए ।” उनले भने ‘सरकारले हाम्रो लगानी सुरक्षित हुने बातावरण बनाई दिनका साथै सहुलियत ब्याजदरको रुपमा बैकिङ्ग लोनको व्यवस्था गरि उचित मुल्यांकन गरि अनुदान हुनु पर्ने कुरामा जोड दिए ।’ शुरुवातमा करिब एक विगाहा जमिन भाडामा लिएर बाख्राका लागि घाँस लगाएर कार्य प्रारम्भ गरेको उहाँको भनाई रहेको छ ।
बाख्रा पालनको बारेमा ६ महिना रिसर्च गरी यस व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि आफु बाख्रा पालन तर्फ उत्पेरित भएको समेत युवा उद्यमी जोशीको भनाई रहेको थिया । अहिलेको दशैमा ७ खसी बेचेर करिब एक लाख बराबरको कारोबार गरि सकेको समेत उहाँले सुनाए । यसमा शुरुमा लगानी भएतापनि समयमा बाख्राको रोग विरुद्ध लगाईने खोप र रोगले बाख्रा नमरे राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव रहेको छ ।
भिडियो हेर्न यहाँ लिंङ्कमा क्लिक गर्नुहोस …

छोराहरुको विदेश पठाउनु भन्दा आफ्नै ठाउँमा व्यवसाय गरौ भन्ने योजना बनाएर बाख्रा पालन व्यवसायमा लाग्ने उत्प्रेरण लिएको युवा जोशीकी आमा राधिका जोशीले बताईन् । उहाँले भने “हामि दुवै श्रीमान श्रीमतीले विहान ४ बजे देखि रातिको १० बजे सम्म कार्यमा आफ्नो सक्दो सहयोग गरी सघाई रहेको बताईन ।” आत्मा निर्भर हुन युवाले केहि व्यवसाय गर्नु पर्छ भन्ने कुरामा उहाँले जोड समेत दिए ।

यसरी एक युवाले देशमै केहि गर्न जोश र सोच लागाएर कार्य गर्दा यसको उचित मुल्यांकन गरी यस्ता कार्यलाई सरकारले प्रबद्र्धन गर्न सके हजारौ युवा बेरोजगारको अन्त्य भई देश आत्मा निर्भर र समृद्धीको नारा साकार पार्न सकिन्थ्यो ।
भिडियो हेर्न यहाँ लिंङ्कमा क्लिक गर्नुहोस …

