बुटवल – बुटवलमा २ जना कोरोना संक्रमितको मृत्युु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको आज बुधवार बिहान मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताउनुुभएको छ ।
त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको हो । मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

