कञ्चनपुर:मदिरा सेवन गरी श्रीमानद्धारा श्रीमतिको विभत्स हत्या

समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमानद्धारा श्रीमतिको विभत्स हत्या भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर- २ लल्लरे डाडाँ चन्दनवस्ती घर भएका ३६ बर्षिया तारा सिंह धामिले आफ्नी २७ बर्षिया श्रीमती दुरा धामिको विभत्स हत्या गरेका हुन । शनिबार राति करिब १ बजेतिर मदिरा सेवन गरी आएका श्रीमान ताराले आपसी विवाद गरी श्रीमती दुराको लाडी प्रहार गरी विभत्स हत्या गरीएको प्रहरी अनुसन्धाबाट खुलेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

मृतक दुराको शरिर भरी  निल डाम, घाउ देखिएको र मदिरा सेवन गरी लाठी प्रहार गरी हत्या गरेको मृतकका श्रीमानले ताराले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी निरिक्षक सिहले बताउनु भयो । मृतकका श्रीमान तारालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ ।उहाँका अनुसार आईतबार माइती पक्षबाट मृतकका बुबा धर्मानन्द भट्टले जाहेरी दिएको र कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरिने ्बताए ।

हत्याको कारण भने दुवै श्रीमान श्रीमतिमा आपसी विवाद भईरहने गरेको र श्रीमान ताराले मदिरा सेवन गरी विगत देखिनै कुटपिट गर्ने गरेको समेत प्रहरी अनुसान्धानबाट खुलेको छ । मृतक दुराका २ छोरा छोरी रहेको छन् ।

मानिसको जिवनमा विवाहा एक पटक हुन्छ, त्यो पनि जिवनका सुख दु:ख साटासाट गरी संगै जिउने संगै मर्ने बाचा कसम खाई विवाहा बन्धनमा बाँधिएका जोडीमा यस्तो घटना हुनु दु:खद् हो । तर समाजमा पछिल्लो समयमा मदिरा सेवन र नशा जन्य पदार्थको सेवनले हत्या हिंसाले दिन प्रतिदिन प्रोत्साहान पाएको देखिन्छ । यसरी समाजलाई सकारात्मक कोणमा डोहर्याउन मदिराको पुर्ण रुपमा रोक लगाई धर्मकर्म प्रति मानीसलाई जोडन सके मात्र केहि हद सम्म यस्ता हत्या हिंसामा कमी आउने देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *