२४ घन्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार

काठमाडौँ — मुलुकभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।

२४ घन्टामा १११ जना डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ६०३ जना कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घन्टामा ८ हजार ८६१ परीक्षण गरिएको बताए ।

थप १ को मृत्यु भएको औपचारिक पुष्टि

पर्साको वीरगन्ज महानगरपालिकाकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि १४ गते बयोधा अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते शनिबार नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

नयाँ संक्रमितका जिल्लागत विवरण ।

  • पर्सा ८१
  • काठमाडौं २२
  • सुनसरी १२
  • मोरङ १६
  • धनुषा ३५
  • चिवतन १
  • महोत्तरी ५
  • सर्लाही २
  • बझाङ २
  • डोटी १२
  • कैलाली १०
  • ललितपुर ८
  • बर्दिया १
  • दार्चुला १
  • गोरखा १
  • रौतहट २
  • सिन्धुली १
  • भक्तपुर १
  • कास्की ५
  • बागलुङ १
  • लमजुङ ३
  • स्याङ्जा ८
  • तनहुँ २
  • बर्दिया ९
  • नवलपरासीपूर्व ३
  • रुपन्देही १

Leave a Reply

Your email address will not be published. Required fields are marked *