माईती नेपाल कञ्चनपुरद्वारा विपन्नलाई पोषिलो खानाका साथै जनचेतना फैलाउने काम गर्दै

समाचार

डिल्लीराज पन्त/कञ्चनपुर- विगत ३१ दिन देखी माईती नेपाल कञ्चनपुले जिल्लाका विभिन्न क्षेत्रमा रहेका असाह्य, अति विपन्न र गरीबी रेखामुनीका नागरीकलाई खाना खुवाउने अभियान नै संचालन गरेर गाँउ टोल र बस्तीमै गई पोषिलो खाना खुवाईरहेको छ ।त्यसै क्रममा एक हप्ता देखी ‘छानो र मानो नभएका’ कञ्चनपुरका आरक्षपीडितलाई समेत माईती नेपाल कञ्चनपुरले निरन्तर खाना खुवाईरहेको हो ।

माईती नेपाल कञ्चनपुरले लकडाउन(बन्दाबन्दी)मा परेका आरक्षपीडित परिवारलाई खाना खुवाई रहेको छ । बस्ने छानो र खाने मानो नभएका विस्थापित परिवारलाई अहिले माईती नेपालले बस्तीमै पुगेर खाना खुवाईरहेको छ भने मानव बेचविखन सम्वन्धी जनचेतना समेत फैलाउने कार्य गरीरहेको छ ।

माईती नेपालले एक सातादेखि लालझाडी गाउँपालिका ६ ढक्का शिबिरमा दुई दशक अघिदेखी विस्थापित भएर बस्दै आएका आरक्षपीडितलाई फलफुल र पोषिलो खाना खुवाउन लागेको हो । लकडाउनका कारण समस्यामा परेका अतिविपन्न आरक्षपीडित परिवार तथा महिला, बालबालिकाका लागि खाना खुवाउन लागेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन् । एक महिनाको अवधिमा ८ हजार वढि लाई खाना खुवाईको छ । यस अघि माईती नेपालले सुकुमबासी, मुक्त हलिया, कमैया, सुनाहबस्ती, बृद्धआश्रम, वादी बस्ती लगायतका विपन्न बस्तीमा खाना खुवाएको संयोजक भट्टले बताउनुभएको छ ।

शिबिरमै आएर खाना खुवाउन थालेपछि आरक्षपीडित महिला तथा वालबालिका हर्षित भएका छन् । अफुहरुको अवस्था नाजुक भएको त्यसैमा विगत ३ महिना देखी लकडाउनमा कुनै ज्याला मजदुरी समेत गर्न नपउदा छाक टार्नै मुस्कील भएका बेला माईती नेपाल कञ्चनपुरले एक साता सम्म खाना खुवाईदिएको भन्दै खुसी ब्यक्त गरेका छन ।
२०५८ सालदेखि विस्थापित भएका पीडितको पुर्नस्थापना नहुँदा ६ सय ४ घरपरिवार अहिले शिबिरमा बस्न बाध्य भएका छन् । शिबिरमा बसेकाले लकडाउन अवधिभर अहिलेसम्म सहयोगका नाममा एक पटकमात्रै राहत पाएका छन ।आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरा सिंह भण्डारीले विस्थापित भएदेखि अहिलेसम्म कुनैपनि निकायबाट यसरी राहत नपाएको बताएका छन । स्थानिय निकायले राहत दिनुको साटो आफुहरु नेपालि नागरीकनै नभएको र अवैधानीक रुपमा बसेको आरोप लगाउदै आएको दुःखेसो पोख्दै एकै साता भए पनी माईति नेपालले खुवाएको खाना कहिल्यै नविर्सने संघर्ष समितिका अध्यक्ष भण्डारीले बताए ।

५६ दिनसम्म चल्ने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एक महिलाहरुलाई एकछाक पोषिलो खाना खुवाइने छ । वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार बढी मारमा परेकाले आफूहरुले उनीहरुका लागि सामाजिक भान्सा अभियानको सुरुवात गरीएको छ ।

दैनीक २ सय ६० जनालाई पोषिलो खाना खुवादै आएको माईति नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले लकडाउनमा समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखेका छन् । बन्दा बन्दीका बेला कैलाली र बाँकेमा माईति नेपालले सामाजिक भान्सा अभियान संचाल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *