कञ्चनपुर- बेलडाँडी गाउँपालिका वडा नम्बर १ निवासि समाजसेवी दिर्घ बहादुर शाहले स्वास्थ्य सुरक्षा समाग्री प्रदान गर्नु भएको छ । आईतबार बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री मार्फत प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंय सेवीका, सुरक्षकर्मी लगायतलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको हो ।
समाजसेवी शाहले भने “कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि खटीनु भएकाहरुलाई आफ्नो सक्दो सहयोग स्वरुप स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरेको बताए ।” उहाँका अनुसार माहामारीको समयमा उल्लेख्य भुमिका निर्वाहा गरी रहेकाहरुलाई हौसला र थप सुरक्षित भएर काम गर्ने अवसर मिलोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको बताउनु भयो । स्वास्थ्य सुरक्षा समाग्री ग्रहण गदै बेलडाँडी गाउपालिकाका अध्यक्ष थापा क्षेत्री लगायत स्वास्थ्यकर्मी,सुरक्षकर्मीले धन्यावाद प्रकट गर्नु भएको थियो ।

