रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउपालिकामा सलह किराको आतंकले किसान त्रसित बनेका छन् । आईतबार बेलडाँडी गाउपालिका वडा नम्बर १ र २ लगायतका स्थानमा हजारौको संख्यामा सलह किरा खेत बारीमा देखा परेपछि किसान त्रसित बनेका हुन ।
एकै पटक हजारौको संख्यामा सलह किरा खेतमा पसेको देखेपछि स्थानीयहरु थाल बजाएर सलह किरा भगाउन थालेको बेलडाँडी गाउपालिका वडा नम्बर १ का अध्यक्ष अमर बहादुर खत्रीले बताउनु भयो । उहाँका अनुसार अहिले त्यति क्षति भने नगरेको तर यस्तै तरिकले बाली फलेको बेला आए भने सबै सखापै गर्ने भने देखिन्छ उनले भने ।
अस्ती विहिबार कञ्चनपुरका पुनर्वास बेलौरी, बेदकोट, भिमदत्त, महाकाली लगायतका ठाँउमा पनि सलह देखापरेको थियो । तर पछि विस्तारै महाकाली नगरपालिकाको दोधारा चाँदनी हुदै भारत तर्फ उडेका थिए ।

