कञ्चनपुरमा सलह किराको आतंकले किसान त्रसित

समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  कञ्चनपुरमा सलह किराको आतंकले किसान त्रसित बनेका छन् । कञ्चनपुरका सबै जसो ठाँउमा सलह किरा देखा परेपछि किसान त्रसित बनेका हुन । किसानले लगाएको धानबालि, मकै, दाल, तिल लगायतका बालि सखाप पार्न थालेपछि कञ्चनपुरका किसानहरु चिन्तीत बन्न थालेका छन् ।

शुक्रबार भिमदत्त नगरपालिकाका, पुनर्वास, शुक्लाफाँटा, बेलौरी लगायतका विभिन्न स्थानहरुमा सहल किराले खेतवारीमा पसि किसानले लगाएको बालीनाली खान थालेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ । यसरी धेरैको संख्यामा खेतबारीमा बसि बाली खान थाले पछि किसानहरुले थाल बजाएर भगाउने प्रयास गरीरहेका छन् ।

भिमदत्त नगरपालिकाका गोबरैया, निम्बखेडा, उल्टाखाम,मझगाँउ लगायतका ठाउँहरुमा हजारौको संख्यामा एकै पल्ट खेतमा पसेर सहल किराले बाली खाने गरेको भिमदत्त नगरपालिका वडा नम्बर १८ का एक स्थानीय एक किसान हुरे चौधरीले कञ्चनपुर खबरलाई बताए । उनले भने यसरी आगो बालेर धुवाँ लगाउदै, खेतमा आउने वितिकै हातमा थाल बजाउदै खेतमा गए पछि सबै उडेर गए तर बालि नोक्सानी गर्न भने पाएनन् ।

थाल बजाएर सलह भगाउदै किसान

यस्तै कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र कृष्णपुरमा पनी यस अघि सलहको झुण्ड देखिएको थियो। पुनर्वास नगरपालिका १० को विकास बस्ती र कृष्णपुर नगरपालिका–६ मा बिहीबार साँझ सलहको झुण्ड देखिएको हो।  आएकाले उक्त क्षेत्रमा कुनै क्षति नगरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

थाल बजाएर सलह भगाउदै किसान

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *