हात्तीको आक्रमणबाट महिलाको मृत्यु

समाचार

कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ।

घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जङ्गली हात्तीको आक्रमणमा परी मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले जिल्लाको कञ्चनपुर क्षेत्रमा दैनिक आतङ्क मच्चाएको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *