बेलौरीका ४ बर्षिया बालक सहित ११ जनाले कोरोना जिते

समाचार

बेलौरी नगरपालिका कोडिभ १९ फोगल पर्सन मान बहादुर चन्दले एक साथ कोरोना जितेर बालक सहितका ११  युवक डिस्चार्ज भएको बताए । कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि बालकदेखि १० जना युवालाई डिस्चार्ज गरिएको छ ।

उनीहरुलाई बेलौरी नगर प्रमुख पोतिलाल चौधरी, उप प्रमुख चित्र कुमारी चौधरीले खादा ओढाई विदाई गरेको बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मान बहादुर चन्दले बताए । बेलौरी नगरपालिकाले एक साता घरमै होम क्वारेन्टाईनमा बस्न समेत अनुरोध गरेको छ । बेलौरी नगरपालिकाबाट पहिलो पटक एक साथ ११ जना डिस्चार्ज भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *