अर्जुन सिँह, कञ्चनपुर:
कञ्चनपुरमा एक छोरीले आफ्नो आमाको दाहसंस्कार गर्दा दागबत्ती दिएकी छन्। अझैपनि समाजमा छोराले मात्र दागबत्ती दिनुपर्छ भन्ने संस्कारलाई चिर्दै कञ्चनपुरको वेदकोट नगरपालिका– ४ बैतडा बस्ने बिस्ना लुहारले आमा धर्मादेवी लुहारको चितामा दागबत्ती दिएकी हुन्।
विस्नाले ६८ वर्षको उमेरमा मृत्युवरण गरेकी आफ्नी आमाको सबै कर्मकाण्ड गरेर विधिपूर्वक दाहसंस्कार गरेकी हुन।

